हाम्रो बारेमा

हाम्रो बारेमा

२०६८ साल श्रावण १६ गते नेपाल सूचना तथा सञ्चार केन्द्रीय सहकारी संघ लि. विधिवत रुपमा सहकारी विभागमा दर्ता भएको हो । जनहित, राष्ट्र हितको निम्ति जनता शक्तिशाली हुनु पर्दछ, जनता शक्तिशालि हुन अरु शक्तिहरु जस्तै सञ्चार शक्तिमा पनि जनताको स्वावित्व र नियन्त्रण हुनु पर्दछ, जनताको स्वामित्व र नियन्त्रण हुनको निम्ति सहकारी एक प्रभावकारी औजार हो भन्ने संघको मान्यता छ । संघले नेपालभर स्थापना भएर सञ्चालनमा रहेका सञ्चार विषयकृत सहकारी संघ सस्थाहरुले सञ्चालन गरेका एफएम रेडियो, पत्रपत्रिका, अनलाइन, लगायत सञ्चार माध्यमहरुमा सहकारी क्षेत्रका समाचार, विचारलाई प्राथमिकताका साथ प्रकासन, प्रसारण गर्न र सहकारी सम्वन्धी जनचेतना विकास गर्न प्रोत्साहित गर्दै सहकारी क्षेत्रको प्रवद्र्धन र विकासमा ठूलो योगदान गरेको छ ।

संघले नेपाल पत्रकार महासंघ, नेपालका मूलधारका आम सञ्चार माध्यमहरु लगायत पत्रकारीता क्षेत्रसंग संवन्धित संघ,सस्थाहरुसंग नेपालको सहकारी आन्दोलनको प्रतिनिधिको रुपमा उपस्थित भएर सहकारी आन्दोलनको विकास विस्तारको निम्ति वकालत गर्दछ । संघको स्थापना पछि मूलधारका सञ्चार माध्ययमहरुमा सहकारीले महत्व पाउने अवस्थामा समेत बृद्धि भएको छ । नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा नेपालका सञ्चार सहकारी संघ सस्थाको प्रतिनिधिको रुपमा उपस्थित भएर संघले नीति, ऐन, नियम निर्माण कार्यमा सक्रिय भूमिका निर्वाह गर्दछ ।

नेपाल सूचना तथा सञ्चार केन्द्रीय सहकारी संघ राष्ट्रिय सहकारी महासंघको सदस्य संघ हो । राष्ट्रिय सहकारी महासंघको नेतृत्वमा नेपालको सहकारी आन्दोलनलाई नेपालको संबिधानले परिकल्पना गरेका लक्षहरु प्राप्तिको निम्ति प्रतिष्ठित र गतिशिल वनाउने अभियानमा सदा सक्रिय छ र रहिरहने छ ।
संयूक्त राष्ट्र संघले सन् २०१२ लाई सहकारी वर्ष घोषणा गरेको थियो । नेपाल सरकार सहकारी तथा गरीवी निवारण मन्त्रालयले सहकारी वर्ष सफल वनाउन राष्ट्रिय समिति गठन गरेको थियो । यस संघ पनि राष्ट्रिय समितिमा सदस्य थियो । यस संघले विश्वभरको ध्यानाकर्षण गर्न र विश्वभर नेपालको सहकारी अभियानको साख बृद्धि गर्न सहकारी झण्डा र संयूक्त राष्ट्र संघको सहकारी वर्ष प्रतिक चिन्ह अंकित झण्डा सगरमाथा चुचुरोमा लैजाने निर्णय गर्यो । यस संघका तत्कालीन महासचिव श्री शिव प्रसाद डाँगीले संघको निर्णय सफल वनाइ दिनुभयो । यो घटनाले अन्तर्राष्ट्रिय सहकारी महासंघ, संयूक्त राष्ट्र संघ लगायत विश्वभर नेपालको सहकारी आन्दोलनको साख बृद्धि भयो ।

नेपालको संबिधान सहकारी मैत्री वनाउन राष्ट्रिय सहकारी महासंघको नेतृत्वमा गरिएका विभिन्न प्रयासहरुमा यस संघ सक्रिय थियो । यस संघले केन्द्रीय संघहरुको प्रतिनिधि निर्वाचित भएर राष्ट्रिय सहकारी विकास वोर्डको सञ्चालकको जिम्मेवारी समेत पुरा गरिसकेको छ । नेपाल सरकार र सहकारी अभियानले गठन गरेका विभिन्न राष्ट्रिय समितिहरुमा रहेर सहकारी अभियानको हितमा संघले योगदान गरिसकेको छ । संघले राष्ट्रि विचार गोष्ठि, तालिमहरुको आयोजना गरेर समग्र सहकारी क्षेत्र र सञ्चार विषयमा आफ्नो तर्फवाट ठूलो योगदान गरेको छ ।