सहकारी पारदर्शी र व्यवस्थित बन्नुपर्छ

  • फाल्गुन ८, २०७४

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ नेफ्स्कूनको महिला उपसमिति बैठकले “सहकारी मार्फत आर्थिक समावेशीकरण र उद्यमशीलता विकास” विषयक गोष्ठी गर्ने भएको छ । फागुन ३ र ४ गते काठमाडौंमा हुदे गोष्ठी दुई दिनसम्म सञ्चालन हुने छ ।

नेफ्स्कूनका सञ्चालक सदस्य एवं महिला उपसमिति संयोजक शान्ति अधिकारी ढकालको संयोजकत्वमा बसेको बैठकले सबै प्रदेशमा महिला नेतृत्व विकास सञ्जाल गठन गर्ने निर्णय गरेको छ । बैठकले प्रदेश नं१, २, ४, ५, ६ र ७ मा महिला नेतृत्व विकास सञ्जाल गठन गरी सहकारीमा महिला सहभागिता सम्बन्धी गोष्ठी आयोजना गर्ने भएको छ । त्यस्तै सहकारीको नेतृत्वमा रहनुभएका महिलाहरुका लागि सहकारी व्यवस्थापन सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गर्ने र अन्तराष्ट्रिय श्रम संगठन सँगको सहयोग तथा समन्वय गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय महिला गोष्ठीको तयारीका लागि संघको महिला उपसमिति गठन गरेको छ । उपसमितिको सदस्यमा विजया धिताल, दुर्गा सञ्जेल, सुलोचना स्यान्तान र शिवा थापा रहनुभएको छ ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू