नमुना काम गर्दै रोल्पाका सहकारी

  • चैत्र ४, २०७४

 

रोल्पा । दीगो कोष सञ्चालन बचत तथा ऋण सहकारी संस्थाले रोल्पाका सर्वसाधारणको मन जित्दै गएको छ । । जिल्लामै जेठो संस्थाको रुपमा २०६३ भदौ २६ गते स्थापित भएको दिगो कोष संस्थाले सदस्य बढाउँदै गुणस्तरीय सेवा दिदैँ आएको छ ।

दश वर्ष अगाडि ३४ हजारबाट कारोबार सुरु गरेको दिगोकोषले दुई करोड बढीको कारोबार गरिरहेको छ । बार्षिक ८६ लाख १७ हजार ५ सय ७ निक्षेप संकलन गरिहेको छ भने १ करोड १७ लाख बढी लगानी गरेको सहकारीका व्यवस्थापक एवं सदस्य सचिव झग्गु पोखरेलले बताए ।

युवा तथा साना व्यवसायी स्वरोजगारबाट २० लाख ऋण लिई सदस्यहरुमा लगानी गरी स्वरोजगार बनाउन सघाएको लेखा सहयाक पिपला चन्द (सेनले बताउनुभयो । । बैंक अफ काठमाडौ नेपालबाट ३५ लाख ऋण लिई सहकारीको कार्यक्षेत्रमा बस्ने सदस्य जो बत्तिको उज्यालोबाट बञ्चित भएका घन् उनीहरुको घरमा किस्ताबन्दीमा सोलार वितरण गरिएको छ । महिला सदस्य सुत्केरी भएमा २ वटा वच्चासम्मका सुत्केरीलाई सहयोग रकम उपलब्ध गराउदै आएको छ ।

दिगोकोषका अध्यक्ष कर्णबहादुर बाँठामगरले ‘लघुवित्त कार्यक्रम अन्तरगत विपन्न महिलाहरुलाई समूहमा सामूहिक जमानी राखि ऋण प्रदान गर्दै आएको जानकारी दिनुभयो । सदस्यहरुको आर्थिक पाटोमा गुणात्मक सुधार ल्याउन स–साना पूँजीलाई एकिकृत गर्दै उत्पादनशील कार्य गर्ने क्षमता र इच्छा भएका सदस्यहरुलाई उचित दरमा ऋण उपलव्ध गराउने काममा सहकारी सफल वन्दै गएको छ ।
‘सहकारीमा आवद्ध सदस्यहरुबीच स्वावलम्वन, पारस्परिक सहयोग एवं मितव्ययीताको अभिवृद्धि गरी नियमित वचत गर्ने वानीको विकास हुन थालेको छ ।’ बाथाले भन्नुभयो,‘ सहकारीले राष्ट्रिय बैँकबाट स्वीकृति लिएर वित्तिय कारोबार गर्ने लक्ष्य समेत लिएको छ ।’

दिगोकोषमा करिव ६ सय सेयर सदस्य आवद्ध छन । सहकारीसँग आवद्ध ११ केन्द्रका महिला सदस्यहरु वित्तिय कारोबारबाट लाभान्वित भएका छन्। सहकारीले भवन निर्माणका लागि घडेरी समेत लिइसकेको छ ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू