धादिङ सञ्चार सहकारीको अध्यक्षमा पोषनाथ अधिकारी

  • चैत्र ६, २०७४

धादिङ / धादिङ सञ्चार सहकारी संस्थाको अध्यक्षमा पोषनाथ अधिकारी निर्वाचित भएका छन् । संस्थाको आइतबार भएको सातौँ वार्षिक साधारणसभा तथा अधिवेशनले अधिकारीको अध्यक्षता नयाँ कार्यसमिति चयन गरेको हो ।

कार्यसमितिको उपाध्यक्षमा मुरारी अधिकारी र सानुबाबु तिमिल्सीना, महासचिवमा केशव अधिकारी, सचिवमा मनिष दुवाडी र कोषाध्यक्षमा बद्री अधिकारी सर्वसम्मत निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा कृष्णप्रसाद ढकाल, रामबहादुर ठकुरी (आशिष), गीता अधिकारी, निरमाया गुरुङ (डोल्मा), सिर्जना खनाल रहेका छन् ।

अधिवेशनले विभिन्न उपसमितिहरु पनि निर्माण गरिएको छ । लेखा समितिको संयोजकमा अर्जुन खतिवडा सदस्यहरुमा अर्जुनकुमार श्रेष्ठ र शिवराज आचार्य रहेका छन् । त्यस्तै ऋण उपसमितिको संयोजकमा गीता अधिकारी सदस्यहरुमा सरिता श्रेष्ठ र सुदिप कोइराला रहेका छन् ।
त्यस्तै शिक्षा उपसमितिको संयोजकमा नारायण सिलवाल, सदस्यहरुमा सीताराम अधिकारी र अनिता शाक्य रहेका छन् । सहकारी संस्थामा हालसम्म ५९ जना सदस्यहरु रहेका छन् । धादिङका पत्रकारहरु सम्मीलित सहकारीले पत्रकारहरुको हक हित तथा सहकारी व्यवस्थापन सम्बन्धी विभिन्न कार्यहरु गर्दै आइरहेको छ ।

संस्थाका अध्यक्ष राजेन्द्र बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छत्कुली, महासंघका संस्थापक अध्यक्ष सीतारामप्रसाद बर्मा, सहकारीका संस्थापक अध्यक्ष राजाराम शर्मा लगायत शेयर सदस्यहरु सहभागी थिए ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू