धादिङका सहकारी स्थानीय तहलाई हस्तान्तरण

  • चैत्र ६, २०७४

डिभिजन सहकारी कार्यालय धादिङले स्थानीय तहलाई सहकारी हस्तान्तरण गरेको छ ।

संघीय संरचना अनुसार सबै स्थानीय तहले सहकारीको काम गर्ने भएपछि सहकारी हस्तान्तरण गरिएको डिभिजन सहकारी कार्यलय धादिङले जानकारी दिएको छ ।अहिलेसम्म १० वटा गाउँपालिकालाई सहकारी सम्बन्धी आवश्यक सम्पूर्ण कागजातसहित हस्तान्तरण गरिएको छ । बाँकी तीन खनियाबास गाउँपालिका, निलकण्ठ र धुनिबेशी नगरपालिकालाई क्रमैसँग सहकारी हस्तान्तरण गरिने कार्यलयले जनाएको छ । अब सम्पूर्ण कार्यहरु स्थानीय तहको मातहतमा हुनेछ ।

धादिङ जिल्लामा छ वटा संघ र ४ सय १५ प्रारम्भिक सहकारी गरी कुल ४ सय २१ सहकारी संस्थाहरु रहेका छन् ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू