दुग्ध सहकारी संघमा देवकोटा

  • चैत्र २६, २०७४

नेपाल केन्द्रीय दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुन नारायणप्रसाद देवकोटा चयन हुनुभएको छ ।

संघको मंगलवार सम्पन्न २६ औं साधारणसभाले देवकोटाको अध्यक्षतामा १८ सदस्यीय संचालक समिति र युवराज पराजुलीको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति चयन गरेको छ ।

साधारणभाले निर्वाचित गरेको संचालक समितिको बरिष्ठ उपाध्यक्षमा अम्बरबहादुर कुँवर, उपाध्यक्ष रामेश्वर पोखरेल, महासचिव रामप्रसाद आचार्य, सचिव टीकावल्लभ सापकोटा र कोषाध्यक्ष कृष्णप्रसाद सापकोटा रहनुभएको छ ।

संचालक समितिका अन्य सदस्यहरुमा महिलातर्फ गंगा विसुराल र रञ्जना पौडेल चयन हुनुभएको छ । खुल्ला सदस्यतर्फ टिकाप्रसाद ओझा, वालकृष्ण उप्रेती, गणेश प्रसाद बर्तौंला र भगीरथ तिमल्सिना चयन हुनुभएको छ ।

यस्तै सदस्यहरुमा
प्रदेश १बाट नीरबहादुर प्रधान, प्रदेश २ बाट दिलबहादुर लामा, प्रदेश ३ बाट नारायणप्रसाद बडाल, प्रदेश ४ बाट गोपाल श्रेष्ठ, प्रदेश ५ बाट हरीप्रसाद काफ्ले, प्रदेश ६ बाट टंखबहादुर खड्का र प्रदेश ७ बाट भरत विष्ट चयन हुनुभएको छ ।

युवराज पराजुलीको संयोजकत्वमा चयन भएको लेखा समितिमा धर्मराज अर्याल र हरिप्रसाद नेपाल सदस्य रहनुभएको छ । संघको कार्यकाल ४ वर्ष रहनेछ ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू