डडेल्धुराका १७२ सहकारी स्थानीय तहलाई हस्तान्तरण

  • चैत्र २६, २०७४

डडेल्धुरा,चैत २६ । जिल्लाका १७२ सहकारी स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । 

जिल्लामा विगतका वर्षदेखि क्रियाशील रहेका १७२ सहकारीलाई डिभिजन सहकारी कार्यालय महेन्द्रनगर, कञ्चनपुरले स्थानीय तहलाई हस्तान्तरण गरेको हो । 

डिभिजन सहकारी कार्यालयले आइतबार आयोजना गरेको उक्त कार्यक्रममा जिल्लास्थित सहकारीलाई सातवटा स्थानीय तहलाई हस्तान्तरण गरेको हो । जिल्ला समन्वय समितिका प्रमुख गणेशराज भट्टलेले ती सहकारी स्थानीय तहलाई हस्तान्तरण गरेका हुन् । उनले गाउँपालिका र नगरपालिकाका प्रमुख, उपप्रमुख र प्रशासनिक अधिकृतलाई सहकारी अभिलेख हस्तान्तरण गरेका हुन् । 

चौंतीस सहकारी अमरगढी नगरपालिकालाई, २८ परशुरामलाई, नवदुर्गालाई २८, गन्यापधुरालाई २३, अजयमेरुलाई २२, आलिताललाई २० र भागेश्वरलाई १७ वटा सहकारी हरुतान्तरण गरिएको सहकारी डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुख रामबहादुर खातीले जानकारी दिए । 

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू