सहकारी तथा सामाजिक अभियन्ता महेन्द्रकुमार गिरीलाई उत्कृष्ट नागरिकको सम्मान

  • बैशाख ५, २०७५

वैशाख ५, काठमाण्डौ : वीरता जेसीज बिर्तामोडसहित झापाका एक सय २५ वटा संस्थाले मंगलबार सामुहिक रुपमा सहकारी तथा सामाजिक अभियन्ता महेन्द्रकुमार गिरीलाई उत्कृष्ट नागरिकको सम्मान प्रदान गरेका छन् ।
आर्थिक समृद्धिमार्फत सामाजिक रुपान्तरणमा टेवा पुर्याएको भन्दै बिर्तामोड २ चारपानेका ४८ बर्षका गिरीलाई सम्मान प्रदान गरिएको हो । वीरता जेसीज पूर्वअध्यक्ष क्लबको अगुवाईमा भएको सम्मानमा गिरीलाई स्वर्ण पदकका साथै नगद तथा सम्मान पत्र प्रदान गरिएको थियो । सहारा नेपाल तथा सहारा नेपाल साकोसमार्फत पछाडि परेको वर्गको उत्थान र सशक्तीकरणका साथै आर्थिक समृद्धिमा गिरीको अगुवाईमा निर्वाह भएको भूमिकाको चर्चा गर्दै झापाका सामाजिक संस्थाले उहाँलाई सम्मान प्रदान गरेका थिए ।
सहारासहित झापा गोल्डकपको संस्थागत विकास, समर्पण राष्टिूय अभियान लगायतका राष्टिूय महत्वका कार्यको परिकल्पनाकार गिरीलाई मानिन्छ । सहारामार्फत अहिले एक लाख ३० हजार सदस्य संगठित छन् भने गरीब सात अर्बको आर्थिक कारोबार गर्न सफल भएको छ । सहारा अहिले देशकै ठूलो र उत्कृष्ट संस्थाको रुपमा गनिएको छ । प्रमुख अतिथि राजनीतिज्ञ रवीन्द्र मिश्र तथा वीरता जेसीजका संस्थापक गोपालकुमार बस्नेतले गिरीलाई सम्मान पत्र हस्तान्तरण गर्नुभएको थियो ।
त्यस्तै उत्कृष्ट नागरिक सम्मान समारोह २०७४का संयोजक प्रमेश हलुवाई (राजकर्णिकार)ले स्वर्णपदक र माला तथा वीरता जेसीजका अध्यक्ष एकराज गिरीले नेपाली ढाकाटोपी गिरीलाई पहिर्याउनुभएको थियो । छनौट समितिको तर्फबाट सदस्य रहेका बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले २०७४को उत्कृष्ट नागरिकको रुपमा गिरीको नाम घोषणा गर्नुभएको थियो ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू