नयाँ भवनमा हरिवन सहकारी

  • बैशाख ९, २०७५

सर्लाहिको हरिवन बचत तथा ऋण सहकारी संस्थाको नवनिर्मित भवनको आज उद्घाटन गरिएको छ । हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईले उद्घाटन गर्नु भऐसँगै सहकारीले आफ्नो सेवा सुचारु गरेको हो ।

दुई वर्षअघि २० लाख रुपैँयामा खरिद गरेको एक कठ्ठा जग्गामा सहकारीले तिनवटा भाडाको सटरसहित सभाहल, काउन्टर, सेफ, कार्यालय कोठा सहितको भवन बनाएको सहकारीका कर्मचारी तिलक खतिवडाले जानकारी दिनु भयो । भवन निमार्णमा करिब ४२ लाख रुपैया खर्च भएको पनि खतिवडाले बताउनु भयो ।

पाँच वर्ष अघि स्थापित संस्थामा हाल सात सय भन्दा बढी सेयर सदस्य र कूल छ करोड ६५ लाख रुपैया कारोबार भइरहेको संस्थाका अध्यक्ष कृष्णा पौडेलले जानकारी दिनु भयो । हरिभवन सहकारीले सुरुदेखि नै बचत तथा सेयर रकम वृद्धिमा जोड दिएको पनि अध्यक्षले जोड्नु भयो ।

सर्लाहि जिल्लामा हाल करिब ८ सय ५० सहकारी संस्था रहेकोमा ३ सय बचत तथा ऋण तथा सहकारी संस्था रहेका छन् ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू