साझेदारीले तयार गर्यो तीन वर्षिय रणनीतिक योजना

  • जेष्ठ १५, २०७५

साझेदारी बहुउद्देशीय सहकारी संस्थाले आफ्नो तीन वर्षिय रणनीतिक योजना तयार गरेको छ ।

बागलुङको महेन्द्रपथमा रहेको सहकारीले सदस्यहरुको आर्थिक सवलताको विकास गरी समृद्ध समाज निर्माणको परिकल्पना सहितको योजना तयार गरेको हो । संस्थाको आइतबार सम्पन्न तीन दिने योजना तर्जुमा गोष्ठी अनुसार योजना तयार गरिएको छ । योजना अनुसार सहकारीले सदस्य र समुदाय केन्द्रित विभिन्न गतिविधि संचालन गर्नेछ ।

सहकारीले सदस्यता विस्तार, सदस्यमा आर्थिक समृद्धि तथा विविध बहुउद्देश्यीय परियोजना संचालन गरी समग्र समुदायलाई आर्थिक समृद्धिको दिशातर्फ लैजाने संस्थाका अध्यक्ष हरिप्रसाद गौतमले बताउनु भयो । ‘साझेदारीको प्रमुख योजना समाजमा रहेका सबै वर्गलाई सहकारीमा आवद्ध गराउने र सदस्यहरुलाई आर्थिक रुपमा समृद्ध बनाउने हो’ अध्यक्ष गौतमले भन्नुभयो ‘त्यसका लागी स्पस्ट योजना अनुसार अगाडी बढेका छौँ ।’ युवा, महिला, बाल–बालिका, विद्यार्थी, वृद्ध–वृद्धा, उद्योमी, व्यापारी लागयतका लागी छुट्टा छु्ट्टै बचत योजना सुरु गर्ने पनि उहाँले जानकारी दिनु भयो ।

तिन बर्षको अवधिमा कम्तीमा एक हजार ५ सय सदस्य वृद्धि गर्ने सहकारीको लक्ष छ । सहकारीले सदस्यको आर्थिक क्षमता तथा चाहना अनुसारका अल्पकालीन तथा दीर्घकालीन बचत तथा ऋणका योजना अगाडी बढाउने छ । सहाकारीले सदस्यको सवल र सुरक्षित भविष्यका लागी शिक्षा स्वास्थ संग सम्वन्धीत परियोजना समेत संचालन गर्ने बताएको छ ।

साविकको बागलुङ नगरपालिका कार्यक्षेत्र रहेको सहकारीले समाजको ठुलो हिस्सा समेट्न कार्यक्षेत्र विस्तार गर्ने उपाध्यक्ष तेजप्रसाद शर्माले बताउनु भयो । साझेदारीलाई एक नमुना सहकारीको रुपमा विकास गर्न लागी परेको पनि व्यक्त गर्नु भयो । सहकारीले पहिलो चरणमा समग्र बागलुङ नगरपालीकाका १४ वडालाई आफ्नो कार्यक्षेत्रमा समेटेको छ । सहकारीले तिन बर्षमा आफ्नो बासलत (ब्यालेन्स सिट) १५ करोड पुर्याउने लक्ष लिएको छ । सदस्यहरुलाई शिक्षा, तालिम तथा आयआर्जन केन्द्रत कामका लागी अर्थिक सहायता प्रदान गर्ने बताउदैँ समुदायको ठुलो हिस्सा सहकारीमा समेट्ने र सबै सदस्यलाई आर्थिक रुपमा सबल बनाउने उपाध्यक्ष शर्माले जानकारी दिनु भयो ।

सहकारी आफैले बहुउदेश्यीय परियोजना संचालन गर्ने तथा सामाजिक सेवा, अवसर र रोजगारी सृजना गर्ने खालको परियोजना संचालन गर्ने पनि तयारी गरेको छ ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू