सहकारी अस्पताल र बैंकबिच स्वास्थ्य बिमासम्बन्धी सम्झौता

  • जेष्ठ १७, २०७५

मकवानपुर सहकारी अस्पताल र सनराइज बैंक लिमिटेडबिच स्वास्थ्य बिमा सुविधा सम्बन्धी सम्झौता भएको छ ।

सहकारी अस्पताल र बैंकबिच आफ्ना ग्राहकहरुका लागि स्वास्थ्य बिमा सुविधा सम्बन्धी सम्झौता भएको हो । सम्झौता पश्चात बैंकका बचतकर्ताहरुले मकवानपुर सहकारी अस्पतालमा भर्ना भई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्चमा रु. १ लाख रुपैयाँसम्म नबढ्ने गरी आफ्नो बचत खातामा रहने वार्षिक औषत मौज्दातको २५ प्रतिशत वा बिल रकम मध्ये जुन न्युन हुन्छ सो रकम दाबी गर्न पाउने भएका छन् ।

सम्झौता पत्रमा मकवानपुर सहकारी अस्पतालका तर्फबाट अध्यक्ष विष्णु गोेपाल महर्जन र बैंकका तर्फबाट सनराइज बैंक लिमिटेड शाखा कार्यालय हेटौँडाका शाखा प्रबन्धक सुदर्शन खतिवडाले हस्ताक्षर गर्नु भएको छ । सम्झौता पत्रमा बैंकका बचतकर्तालाई विभिन्न शिर्षकमा ५ देखी २० प्रतिशत सम्म अतिरिक्त छुट प्रदान गर्ने लगायतका कुराहरु उल्लेख गरिएको छ ।

शाखा प्रबन्धक खतिवडाले स्वास्थ्य बिमा अन्तर्गत ग्राहकहरुले खाता खोलेको पहिलो दिनबाटै स्वास्थ्य उपचार बीमा सुविधाको उपयोग गर्न पाउने व्यवस्था गरिएको जानकारी दिनु भयो । यस सुविधा लिनका लागी बचतकर्ताले अस्पतालबाट डिस्चार्ज भएको १५ दिन भित्र अस्पतालको सम्पुर्ण बिल सहित बैंकको कुनैपनी शाखामा पेश गर्न सक्ने र त्यसपछि स्वास्थ्य बिमा रकम दाबी गरेको ७ दिन भित्र पाउने व्यवस्था गरीएको खतिवडाले बताउनु भयो ।

उपचारका लागी जाने बचतकर्ताले बैंकको बचतकर्ता भएको प्रमाण अनिवार्य रुपमा देखाउनु पर्नेछ । यसका लागी बचतकर्ता संग बैंकले जारी गरेको ए.टि.एम. कार्ड अथवा अन्य कागजात हुनुपर्ने छ । सुविधा लिनका लागी बचतकर्ताले नेपाल अधिराज्य भर सन्राईज बैंकसंग अनुबन्धीत ६५ भन्दा बढी निजी र सम्पुर्ण सरकारी अस्पतालहरुमा उपचार गराउन सक्नेछन् ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू