साकोसद्धारा मानव सेवा आश्रमलाई खाद्यान्ह सहयोग

  • बैशाख २०, २०७५

लमजुङ जिल्लामा रहेको जनकल्याण साकोसले १२ औँ स्थापना दिवस मनाएको छ ।

स्थापना दिवसको अवसरमा साकोसले बुधबार जिल्लामा रहेको मानव सेवा आश्रमलाई खाद्यान्ह सहयोग गरेको छ । आश्रमका लागी आवश्यक करिब १० हजार बराबरको खाद्यान्ह सहयोग गरेको साकोसका कार्यवाहक अध्यक्ष बेलबहादुर गुरुङले जानकारी दिनुभयो ।

उक्त आश्रमबाट हाल आश्रममा १३ जनाले आश्रय लिइरहेका छन् । संस्थाको बारेमा सचिव ताराराज घलेले तथा मानव सेवा आश्रमको बारेमा अभियान्ता प्रबेश दवाडीले जानकारी गराउनुभएको थियो ।

विगतका दिनहरुमा संस्थाले समाजमा रहेर सामाजिक कार्यमा सहभागि भई विभिन्न कार्य गर्दै आएको छ ।

साकोसमा हाल ९ हजार ४ सय २६ शेयर सदस्य रहेका छन् भने ६ स्थानमा सेवा केन्द्र रहेको छ । शान्तीटोलमा मुख्य कार्यालय रहेको साकोसको भुजुङ, नायु, सिँउरुङ, ङादी, रामबजार र साल्मेमा सेवा केन्द्र रहेका छन् । सस्थामा हालसम्म ५७ करोड ८२ लाख बराबरको कारोबार रहेको छ ।

साकोसले यस अघि पनि आर्दश महिला तथा बालबालिका केन्द्र, सर्वेदय सेवाआश्रममा सहयोग गदैँ आएको छ ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू