सहकारीको माध्यबाट आत्मनिर्भर हुन सकिन्छ : मन्त्री खनाल

  • बैशाख २४, २०७५

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले आफ्ना कार्यक्रमहरूमा अत्यधिक चुहावट रहेको विवरण सार्वजनिक गरेको छ ।

आइतबार जारी गरेको ५८ बुँदे भावी कार्यदिशा मार्ग्चित्र सार्वजनिक गर्दै मन्त्री चक्रपाणि खनालले देशभित्रै उत्पादन हुन सक्ने कृषि उपजसमेत ठूलो परिणाममा आयात गर्नुपरेकाले व्यापार घाटा बढेको उल्लेख गर्नुभयो । सानो परिमाणको भूमिमा परम्परागत रूपमा निर्वाहमुखी खेती, सरकारबाट सञ्चालन गरिएका कार्यमा अत्यधिक चुहावट र सहकारी क्षेत्रको प्रभावहीनताका कारण कृषि क्षेत्रले अपेक्षित गति लिन नसकेको मन्त्री खनालले बताउनु भयो ।

यी क्रियाकलापलाई सरकारले निरूत्साहित गर्न नसकेकाले कृषि भूमिलाई उपयोगमा आउन नसकेको बताउँदै मन्त्री खनालले समग्र कृषि, पशुपंक्षी, भूमि व्यवस्था र सहकारी क्षेत्रको नीतिगत, व्यवस्थापकीय, संरचनागत सुधार गर्न लागेको व्यक्त गर्नु भयो ।

कृषि र पशुपंक्षी विकासको क्षेत्रमा उत्पादन र उत्पादकत्व बढाउन सार्वजनिक, निजी र सहकारी क्षेत्रको माध्यमबाट आधुनिकीकरण, यान्त्रिकीकरण र व्यवसायीकरण गरिए मात्रै आत्मनिर्भर हुन सक्ने मन्त्री खरेलको भनाई छ । वर्षेनी १ खर्ब रुपैयाँभन्दा बढी कृषिजन्य वस्तु आयत हुँदै आइरहेको छ ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू