सहकारीद्धारा महिला सदस्यलाई सुत्केरी भत्ता

  • बैशाख २६, २०७५

महेन्द्रनगरको उदयदेव बहुउद्देश्य सहकारी संस्थाले महिला सदस्यलाई सुत्केरी भत्ता उपलब्ध गराउने भएकोे छ ।

सुत्केरीलाई स्वास्थ्य संस्थामा पुर्याउन र सुत्केरी हँुदा लाग्ने खर्चको अभाव हुन नदिन सहकारीले भत्ताको व्यवस्था गरेको हो ।

महिला सदस्यलाई दुई पटक सुत्केरी भत्ताबापत एक हजार रुपैँयाका दरले रकम उपलब्ध गराउँदै आएको सहकारीका प्रबन्ध सञ्चालक गणेश चन्दले बताउनुभयो । सहकारीले हालसम्म एक हजार ६३ सुत्केरी महिलालाई ६ लाख ३१ हजार रुपैँया उपलब्ध गराएको प्रबन्ध सञ्चालक चन्दले जानकारी दिनुभयो ।

सहकारीको महेन्द्रनगरस्थित केन्द्रीय कार्यालय र शाखा कार्यालयका रुपमा रहेका बेलौरी, झलारी, दोधारा–चाँदनी, कृष्णपुर र दैजीमा आवद्ध महिलालाई भत्ता उपलब्ध गराइँदै आएको छ ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू