वाणिज्य बैंकहरुले भूकम्पपीडितलाई सहुलियत कर्जा दिन मानेनन् : बडाल

  • बैशाख २७, २०७५

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले भूकम्पपीडितलाई दिने भनिएको सहुलियत कर्जा वाणिज्य बैंकहरुले दिन नसकेको आरोप लगाउनु भएको छ ।

नेपाल राष्ट्र बैंकले आयोजना गरेको आर्थिक वर्ष २०७५/७६ को बजेटका लागि सुझाब कार्यक्रममा बोल्दै अध्यक्ष बडालले २ प्रतिशत ब्याजदरमा दिने भनिएको भूकम्पपीडितका लागि कर्जा वाणिज्य बैंकहरुकै कारण उनीहरुले पाउन नसकेकोे आरोप लगाउनु भएको हो ।

बैंकहरु अझै गाउँ पुग्न नसकेको र वित्तीय सेवा गाउँ–गाउँमा सहकारीले नै दिएकाले २ प्रतिशतमा भूकम्पपीडितलाई दिने भनिएको कर्जाको जिम्मा सहकारीलाई दिन समेत अध्यक्ष बडालले आग्रह गर्नुभयो । कार्यक्रममा बोल्दै उहाँले अहिले गाउँ–गाउँमा सहकारीले नै सेवा प्रदान गरिरहेकाले सहकारी कमजोर नभएको बताउनु भयो ।

सुझाव संकलनका लागि राखिएको प्रस्तुतिकरणमा सहकारी क्षेत्रलाई नसमेटिएको प्रति आपत्ति जनाउदै अध्यक्ष बडालले सहकारीलाई आगामी बजेटमा विशेष महत्वका साथ समेट्नुपर्ने बताउनु भयो ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू