कृषि सहकारी प्रणाली सम्बन्धी कार्यशाला दक्षिण कोरीयामा सुरु

  • बैशाख ३१, २०७५

आजदेखि दक्षिण कोरीयाको सोउलमा पाँचदिने कृषि सहकारी प्रणाली सम्बन्धी अन्तराष्ट्रिय कार्यशाला सुरु भएको छ ।

केन्द्रीय कृषि सहकारी संघ दक्षिण कोरियाको आयोजना कार्यशाला सुरु भएको हो । १४ मेदेखि १९ मेसम्म हुने कार्यशालामा दक्षिण कोरियाको कृषि सहकारीको परिचय, कृषि र कृषि सहकारीको अवस्था, कृषि र पशुको बजारीकरणको अवस्था, सहकारी बैकिङ प्रणाली लगायतका विषयमा बृहत छलफल हुनेछ ।

कार्यशालामा सहभागि विभिन्न देशका सहकारीकर्मीहरुलाई दक्षिण कोरियाको चामल प्रशोधन केन्द्र, कृषि उत्पादन तथा वितरण केन्द्र सहित सहकारी मार्फत कोरियाको अर्थतन्त्रको विकासमा गरिएका महत्वपूर्ण विषयमा जानकारी गराइनेछ । छोटो समयमा आर्थिक तथा सामाजिक क्षेत्रमा दक्षिण कोरियाले सहकारीमार्फत गरेको उपलब्धिहरुको बारेमा संसारभरका सहकारीकर्मीहरुलाई जानकारी गराउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।

नेपालका तर्फबाट राष्ट्रिय सहकारी बैंक, राष्ट्रिय सहकारी महासंघ र राष्ट्रिय सहकारी विकास बोर्डका प्रतिनिधि सहित पाँच जनाको टोली सहभागि छन् ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू