बन्धु विकास सहकारीको आयोजनामा कर्णाली प्रिमियर लिग क्रिकेट सुरु

  • जेष्ठ २, २०७५

कर्णाली प्रिमियल लिग क्रिकेट बुधबार देखी सुरु भएको छ ।

कर्णाली प्रदेशमा आयोजित सबैभन्दा ठूलो पुरस्कार राशिको क्रिकेट खेल विरेन्द्रनगरको कालिञ्चोक क्रिकेट मैदानमा भइरहेको आयोजक बन्धु विकास सहकारी संस्थाले जनाएको छ ।
प्रतियोगितामा मदन भण्डारी स्पोर्ट्स एकेडमी, रोयल राइजिङ क्रिकेट क्लब, मध्यपश्चिम क्रिकेट क्लब, त्रिभुवन आर्मी क्लब, रुपन्देही–११, महाकाली क्रिकेट क्लब, भेरिगंगा स्पोर्ट्स क्लब, काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर, एबीसी क्लब र धनगढी क्रिकेट एकेडेमी गरी जम्मा १० टोलीको सहभागीता रहेको बन्धु विकास सहकारी संस्थाले जनाएको छ ।

प्रतियोगिताको विजेताले ३ लाख, उपविजेताले १ लाख ५० हजार नगद पुरस्कार र ट्रफी प्राप्त गर्ने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले २५ हजार र उत्कृष्ट बलरले र ब्याट्सम्यानले १० र १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । सबै खेलको म्यान अफ द म्याचले २ हजार ५ सय नगद प्राप्त गर्ने छन् । दर्शकहरुलाई चिठ्ठा मार्फत प्रत्येक दिन एक जना भाग्यशाली विजेतालाई १ हजार नगद प्रदान गर्ने व्यवस्था समेत गरिएको आयोजकले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू