सहकारीले सुरु गर्यो विद्युतिय कारोबार

  • जेष्ठ ३, २०७५

म्याग्दीको बेनीस्थित भुपु सैनिक बचत तथा ऋण सहकारी संस्थाले विद्युतिय कारोबार सुरु गरेको छ । 

पायनियर एसोसिएट्सको प्रविधिक सहयोगमा सहकारीले विद्युतिय कारोबार सुरु गरेको हो । बुधबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा आन्तरिक सेवा प्रवाहलाई चुस्त, दुरुस्त, ग्राहकमैत्री र पारदर्शी बनाउन आधुनिक प्रविधिको प्रयोग गरिएको संस्थाका अध्यक्ष बालकृष्ण सुवेदिले जानकारी दिनु भयो ।

एपमार्फत सहकारीका सेयर सदस्यहरुलाई ई सेवामा आवद्ध विभिन्न बैङ्कका ७४ वटा शाखा र भूतपूर्व भारतिय सैनिकहरुको पेन्सन भुक्तानी सेवाको कारोबार समेत गर्न पाउने व्यवस्था मिलाईएको अध्यक्ष सुवेदिले बताउनु भयो ।

कार्यक्रममा पायनियर एसोसिएट्सका प्राविधिक मनोज श्रेष्ठले सहकारी संस्थाको आर्थिक कारोबारलाई विश्वासनीय बनाउन मोबाइल एप प्रविधि प्रवाभकारी भएको व्यक्त गर्नुभयो । विद्युतिय कारोबारमा सफ्ट्वेयर र मोबाइल एप मार्फत घरबाटै एकबाट अर्को खातामा रकम पठाउने, मोबाइल रिचार्ज गर्ने, विद्युत, खानेपानी, टेलिफोन महशुल भुक्तानि गर्ने लगायत सेवा उपलब्ध गर्न सकिनेछ ।

एक हजार जना सेयर सदस्यरहेको सहकारीमा १ करोड ४ लाख रुपैँया सेयर पूँजी रहेको छ । गत आर्थिक वर्षमा १५ करोड रुपैँया बराबरको कारोबार गरेको संस्थाको १२ करोड रुपैँया लगानी र ११ करोड रुपैँया निक्षेप सङ्कलन भएको सचिव गणेश श्रेष्ठले जानकारी दिनुभयो ।

 

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू