सीपमुलक क्रिष्टलको गहना बनाउने तालिम सम्पन्न

  • जेष्ठ ५, २०७५

नवलपरासीको गैँडाकोटस्थित किसान बचत तथा ऋण सहकारी संस्था लि.द्धारा आयोजित ५ दिने तालिम सम्पन्न भएको छ ।

आफ्ना महिला शेयर सदस्यहरुलाई बैशाख ३१ गते देखी जेष्ठ ४ गते सम्म ५ दिने सीपमुलक क्रिष्टलको गहना बनाउने तालिम सम्पन्न भएको हो ।  गैंडाकोट देखी रजहर क्षेत्र सम्म रहेका संस्थाका लघुवित्त समुहहरु मध्ये ४० वटा समुहका महिला सदस्यलाई उद्यमशिलता बनाउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको हो ।

प्रशिक्षक कमला सुवेदीले ५ दिन सम्म तालिमको सहजीकरण गर्नु भएको थियो । सम्पन्न कार्यक्रममा महिला उपसमिति सदस्य पार्वती ज्ञवालीको स्वागत मन्यव्य एंव महिला उपसमिति सदस्य सुन्तली चौधरीले औपचारिक समापन कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

 

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू