ढुंगेसाँघु सहकारी लगाएतको सहभागितामा बृहत सरसफाई

  • जेष्ठ ६, २०७५

पोखराको ढुंगेसाँघुदेखि सीतापाइलासम्मको सडक क्षेत्रमा शनिबार बृहत् सरसफाइ कार्यक्रम भएको छ ।
पोखरामा जारी बृहत् सफाइ अभियानअन्तर्गत १०३ हप्ताको अभियानमा सो क्षेत्रमा भएको कार्यक्रममा झण्डै ६ टन फोहरमैला संकलन गरिएको अभियन्ता राजकुमारी थापाले बताउनुभयो ।

यसपटकको सफाइ अभियानमा ढुंगेसाँघु सहकारी लगाएत नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, मुक्तिनाथ विकास बैंक, ओम डेभलपमेन्ट बैंक, एनआईसी एशिया बैंक, परोपकार महासंघ बैदिक गुरुकुल विद्यालय, जानकी आधारभूत विद्यालय ढुंगेसाँघु बोर्डिङ स्कुल, सृजना बालगृह, अभियान क्लब महिला समूह, माछापुच्छे्र महिला क्लब, घारीपाटन आमा समूह, मितेरी नारी समूह, ड्यामसाइड टोल विकास संस्था,समृद्धि महिला समूह (लुमन्ति(सीतापाइला), जागरण आमा समूह, समावेशी आमा समूह, नौलो घुम्ती नेपाल, सामाजिक अभियन्ताहरु लगायत स्थानीय संघसंस्था र वडाबासीहरुको उल्लेखनीय उपस्थिति रहेको अभियन्ता लोकदर्शन कोइरालाले जानकारी दिनुभयो ।
सफाइ अभियानका लागि मेरी प्रजनन् केन्द्र नागढुंगाले ५ प्याकेट डिस्पोजल ग्लोब र राष्ट्रिय परोपकार महासंघ नेपालका तर्फबाट पिउनेपानी उपलब्ध गराइसकेको थियो । कार्यक्रममा वडा अध्यक्ष तीर्थराज अधिकारीले धन्यवाद ज्ञापन गरेका थिए ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू