गणेशजल सहकारीले मनायो ११औँ वार्षिकोत्सव

  • जेष्ठ १०, २०७५

गणेशजल बहुउद्देश्य सहकारी संस्था लिमिटेडले आफ्नो ११औँ वार्षिकोत्सव सेवामूलक कार्य गरी मनाएको छ ।

सुर्खेतको विरेन्द्रनगर नगरपालिका ३ मा रहेको सहकारीले स्वास्थ्य परीक्षण सम्बन्धी शिविर, रक्तदान कार्यक्रम र क्षमता विकास सम्बन्धि कार्यहरु गरी सप्ताव्यापि रुपमा वार्षिकोत्सव मनाएको हो ।

संस्थाले सप्ताव्यापि कार्यक्रमको पहिलो दिन जेठ १ गते वीरेन्द्रनगर १० रहरपुरमा निशुल्क मधुमेह परीक्षण शिविर, दोस्रो दिन पिपिराचौकमा मधुमेह परिक्षण, तेस्रो दिन जुम्लारोडस्थित गणेशजलको मुख्य कार्यालय परिसरमा खुल्ला रक्तदान कार्यक्रम, चौथौँ दिन वीरेन्द्रनगरको एयरपोर्ट चोक नजिक निशुल्क दन्त परीक्षण शिविर, पाँचौँ दिन सहकारीको मुख्य कार्यालयमा सहकारी सदस्यका सन्तान तथा बाल सदस्यहरुबीच वक्तित्वकला प्रतियोगिता, छैटौँ दिन कृषि व्यवसायिक केन्द्र घुस्रामा सहकारी शिक्षा, टोल, भेला तथा अन्तरक्रिया गरिएको छ । संस्थाको वार्षिकोत्सवको मुख्य दिन जेठ सात गते जिल्ला समन्वय समितिमा भव्य समारोह गरी मनाएको हो ।

स्थापना दिवसका अवसरमा संस्थाले सदस्य तथा कर्माचारिलाई सम्मान पनि गरेको छ । समारोहमा उत्कृष्ट महिला सदस्यतर्फ दिर्घा विसी, उत्कृष्ट पुरुषतर्फ समिर भण्डारी, उत्कृष्ट बाल बचतकर्तातर्फ समृद्धि आलेमगर, लघुवित्त तर्फबाट शान्तिनगर, गणेशजल, महिला विकास केन्द्र र केन्द्र नम्बर ३ कृषि व्यवसायिक केन्द्र घुस्राका उत्कृष्ट सदस्य भक्तबहादुर विसी, उत्कृष्ट रेमिट्यान्स तर्फबाट खड्गबहादुर विश्वकर्मा तथा कर्माचारितर्फ व्यवस्थापक रंगा सिंहलाई सम्मान गरिएको छ ।

प्रमुख अतिथि कर्णालि प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसी तथा राष्ट्रिय सहकारी महासंघ नेपालका सञ्चालक पदम दाहाल र जिल्ला सहकारी संघ सुर्खेतका अध्यक्ष अमृतकुमार विसी विशिष्ट अतिथि रहेको कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्ण भण्डारी, जिल्ला कृषि सहकारी संघ सुर्खेतका पञ्कला रावत, नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य कलेन्द्र सेजुवाल र कर्णालि प्रदेश अध्यक्ष दुर्गा थापा लगायतको सहभागिता रहेको थियो ।

वार्षिकोत्सवका अवसरमा संस्थाका अध्यक्ष पे्रमकुमार विसीले जिल्लामै पहिलोपटक सहकारी संस्थाले अस्पताल सञ्चालन गर्ने घोषणा गर्नुभयो । नागरिकको स्वास्थ्य सेवालाई सहज बनाउनका लागि गणेशजल सहकारीको माध्यमबाट अस्पताल सञ्चालन गर्न लागेको व्यक्त गर्नुभयो ।

गणेशजल सहकारी संस्थाले हाल बचत तथा ऋण, लघुवित्त कार्यक्रम, कृषि तथा एग्रोभेट, रेमिट्यान्स सेवा केन्द्र र सेरोफेरो ट्राभल्स एण्ड टुुर्स प्रा.लि. सञ्चालन गरेको छ ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू