भक्तपुरमा साकोस अभिमुखीकरण कार्यक्रम सम्पन्न

  • जेष्ठ १०, २०७५

सहकारी विभागको सहयोग र नेफ्स्कूनको आयोजनामा भक्तपुरमा एक दिवसीय साकोस अभिप्रेरणात्मक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

बचत तथा ऋण सहकारी संस्थाहरु र केन्द्रीय संघबीच बृहत सम्बन्धन विस्तार गर्ने उद्देश्यसहित सोमबार अभिमुखीकरण कार्यक्रम सम्पन्न भएका हो । कार्यक्रमा सहजिकरण एवं बचत तथा ऋण केन्दीय सहकारी संघमा बृहत सम्बन्धन विस्तार सम्बन्धी कार्यपत्र प्रस्तुतीकरण नेफ्स्कूनका का.मु. विभागीय प्रमुख गणेश प्रसाद तिमल्सीनाले गर्नु भएको छ । यससँगै  जोखिममा आधारीत साकोस सुपरिवेक्षण तथा अनुगमन कार्यक्रम सम्वन्धी कार्यपत्र नेफ्स्कूनका कार्यक्रम अधिकृत नवकुमार अधिकारीले गर्नुभएको थियो ।

जिल्ला बचत संघ भक्तपुरका अध्यक्ष कृष्ण गोविन्द्य लाखाजूको अध्यक्षता रहेको कार्यक्रमको मुख्य अतिथि नेफ्स्कूनका महासचिव चन्द्र प्रसाद ढकाल रहनु भएको थियो । कार्यक्रममा आफ्ना मन्तव्यका साथ जिल्ला संघ भक्तपुरका निवर्तमान अध्यक्ष राधेश्याम सुवालले सहभागीको स्वागत गर्नु भएको थियो ।

कार्यक्रममा भक्तपुर जिल्लामा सञ्चालित विभिन्न साकोसका करिब ६५ जना सहकारीकर्मीहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू