केपीएल : रुपन्देही र आर्मी फाइनलमा

  • जेष्ठ ११, २०७५

बन्धुविकास बहुउद्देश्य सहकारी संस्थाकोे आयोजनामा सुर्खेतमा जारी कर्णाली प्रिमियर लीग (केपीएल)मा रुपन्देही ११ र त्रिभुवन आर्मी फाइनलमा प्रवेश गरेका छन् ।

शुक्रबार भएको पहिलो खेलमा मध्यपश्चिम क्रिकेट क्लबलाई २५ रनले पराजित गर्दै शक्ति गौचनको कप्तानीमा रहेको रुपन्देही ११ ले फाइनलको यात्रा तय गरेको हो ।
यस्तै शुक्रबार भएको दोस्रो खेलमा धनगढी क्रिकेट एकेडेमीलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लवले रुपन्देही ११ सँगको भेट पक्का गरेको छ । विनोद भण्डारीको कप्तानीमा रहेको आर्मीले धनगढीलाई ८ विकेटले पराजित गरेको हो । फाइनल खेल शनिबार बिहान ८ बजे सुरू हुनेछ ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू