सहकारी पदाधिकारीहरु सवार बस दुर्घटनाः १२ जनाको मृत्यु

  • जेष्ठ १८, २०७५

पाल्पाको तानसेनबाट रामपुर जाँदै गरेको सहकारी पदाधिकारीहरु सवार बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ ।

लक्ष्मी बचत सहकारीका समितिका प्रतिनिधिहरु रामपुरका सहकारीको अवलोकन भ्रमणका लागि छुटेको लु १ ख ९७५ नम्बरको बस आज बिहान रम्भा गाउँपालिका–४, होमिनमा दुर्घटना भएको हो ।

मृत्यु भएका १२ जना मध्ये ११ जनको सनाखत भइसकेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार मृत्यु हुनेहरुमा सनाखत भएकामा विष्णुमान बज्राचार्य, देवेन्द्रलाल प्रधान, कृष्णमान बज्राचार्य, छत्रमान शाक्य, सुशील प्रसाद श्रेष्ठ, कृष्णबहादुर बोहोरा, दर्गाबहादुर सारु, लोकनाथ ढकाल, बसन्ती खाँड, गीता बुढाथोकी, संकेत बज्राचार्य रहेका छन् ।

११ जनाको घटनास्थलमै र १ जनाको उपचारका लागि पाल्पा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दुर्घट्नामा परी घाइते भएकालाई उद्धारका लागि अस्पता लगिएको छ ।

बस सडकबाट अन्दाजी २ सय मिटर तल खसेको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरी भनाई छ ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू