पाल्पा बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १३ पुग्यो

  • जेष्ठ १८, २०७५

पाल्पाको रम्भा गाउँपालिका–४ हुमिनमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

पाल्पाको लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड तानसेनको समूह रामपुरका विभिन्न सहकारीको अवलोकन भ्रमणमा हिडेको लु २ ख ९७५ नम्बरको बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको हो । दुर्घटनामा १० जना घाइते भएका छन् ।दुर्घटनामा मृत्यु हुनेमा सहकारीका अध्यक्ष तानसेन ४ का विष्णुमान बज्रचार्यसहित तानसेन ३ का देवेन्द्रलाला प्रधान, तानसेन ३ का कृष्णमान बज्राचार्य, तानसेन ३ का छत्रमान शाक्य, तानसेन ६ का सुशिलप्रसाद श्रेष्ठ, डिभिजन सहकारी कार्यालय पाल्पाका प्रमुख कृष्णबहादुर बोहोरा, तानसेन ६ का दुर्गाबहादुर सारु, तानसेन २ का लोकनाथ ढकाल, तानसेन ६ का सचिन बज्रार्चाय , तानसेन ३ का बसन्ती खाण, तानसेन ६ का गिता बुढाथोकी र तानसेन ३ कमला कार्की रहेका छन् । मृतक मध्ये कमला कार्कीको लुम्बिनी मेडिकल कलेजमा र सचिन बज्राचार्यको मिसन अस्पतालमा ल्याउदै गर्दा र अन्यको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा घाइतेहरुमा प्रफुल्ल शर्मा, सवारी सहचालक विमल रन्जन, उत्तम कुमार बज्राचार्य, ओम मलेगो, मिना खाम्चा, मुना सारु, चालक अर्जुन थापा र प्रविण बज्राचार्यको, सन्तम बज्राचार्य र पूर्णमाया बज्रार्चायको उपचार भैरहेको छ । घाइते मध्य प्रविण बज्रार्चायको लुम्बिनी मेडिकल कलेज र अन्यको मिसन अस्पतालमा उपचार भैरहेको छ । मिसन अस्पतालले घाईते मुना सारु र ओम मलेगोलाई लुम्बिनी मेडिकल कलेज रेफर गरेको छ भने बस चालक अर्जुन थापालाई काठमाडौ लैजाने तयारी भैरहेको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रविण आर्चायले जानकारी दिनु भयो ।

यसैबीच प्रधानमन्त्री के.पी शर्मा ओलिले घटनाप्रति सामाजिक सञ्जालमा वक्तव्य जारी गर्दै घटनाप्रति दुख व्यक्त गर्नुका साथै ज्यान गुमाएका प्रति हार्दिक श्रदाञ्जलि व्यक्त गर्नु भएको छ । साथै घाइतेहरुप्रति शीघ्र स्वास्थ्यको कामना पनि गर्नु भएको छ ।

यस्तै काङ्ग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बस दुर्घटनामा ज्यान गुमाएका प्रति हार्दिक श्रद्धाञ्जलि अपर्ण गर्दै शोकाकूल पविारजनमा समवेदना व्यक्त गर्नु भएको छ ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू