कृषिमा आधुनिकीकरण आवश्यक : राज्यमन्त्री चौधरी

  • जेष्ठ २०, २०७५

कृषि, भूमि व्यवस्था तथा सहकारी राज्य मन्त्री रामकुमारी चौधरीले कृषिमा आधुनिकीकरण र औजारीकरणले मात्रै उत्पादनमा वृद्धि हुने बताउनुभएको छ । झापामा ड्रम सिडर र सिडड्रिल मेशिनबाट छरुवा धान खेती प्रविधिको उद्घाटन गर्दै राज्य मन्त्री चौधरीले सो कुरा बताउनुभएको हो ।
नेपालमा पनि अब अन्य देश जस्तै अत्यधुनिक प्रबिधिबाट खेती गर्ने वातावरण सिर्जना हुनुपर्ने मन्त्री चौधरीले बताइन् । त्यसका लागि आफूले पहल गरि रहेको उनको भनाई छ । कृषिमा क्रान्तीका लागि युवा पलायन रोकिनु पर्नेमा मन्त्री चौधरीले जोड दिनुभयो ।
उहाँले युवा शक्ति र कृषिमा आधुनिकीकरण हुँदैन तबसम्म उत्पादनमा वृद्धी हुन नसक्ने बताउनुभयो । मन्त्री चौधरीले कृषिका सम्भवानालाई उजागर गर्न आफूले सक्दो पहल गर्ने आश्वासन समेत दिनुभएको छ ।
झापामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परीयोजनाको धान सुपरजोन कार्यन्वयन इकाई कार्यक्रम लागू भएको छ । कार्यक्रमका क्रममा उहाँले आगामी १० बर्ष भित्र नेपालको कृषि उत्पादन बिश्व बजारमा पाइने बनाउन सबै लाग्नु पर्ने बताउनुभयो ।





सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू