विकास फ्लोर मिललाई ‘उत्कृष्ट स्वच्छ र गुणस्तरीय खाद्य उद्योग’ अवार्ड

  • जेष्ठ २४, २०७५

लोकप्रिय ब्रान्डहरु ज्ञान चक्की आटा, ज्ञान मैदा, ज्ञान लिटोहरु उत्पादन गर्ने के.एल. दुगड ग्रुप अन्तर्गतको कम्पनी बिकास फ्लोर मिल प्रा लिलाई उत्कृष्ट गुणस्तरीय खाद्य उद्योग अवार्ड प्रदान गरिएको छ ।

दशौँ राष्ट्रिय खाद्य स्वच्छता दिवस, २०७५ को अवसर पारेर कृषी, भुमी ब्यबस्था तथा सहकारी मन्त्रालय अन्तर्गतको खाद्य प्रबिधी तथा गुण नियन्त्रण बिभागले सम्मान गरेको हो ।

के.एल. दुगड ग्रुपद्वारा उत्पादित लोकप्रिय ब्रान्डहरु ज्ञान चक्की आँटा, ज्ञान मैदा, ज्ञान लिटोहरु उत्पादन गर्ने प्रतिष्ठीत कम्पनी बिकास फ्लोर मिल प्रालिले, स्वछ र गुणस्तरिय खाद्य पदार्थहरु उत्पादन गर्दै आएको छ ।

कम्पनीका उत्पादनहरु मानव स्वाथ्यको लागि निकै उत्कृष्ट रहेको भन्दै नेपाल सरकारले स्वछ र गुणस्तरीय खाद्य पदार्थहरु उत्पादन गर्ने ठुला तथा मझौला उद्योगहरु मध्ये उत्कृष्ट उद्योगको रुपमा बिभागले सम्मान गरेको हो ।



सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू