प्रदेश ७ : सहकारी ऐन निर्माणका लागि कमिटी गठन

  • जेष्ठ २७, २०७५

प्रदेश नम्बर ७ मा सहकारी ऐन बनाउन एक कमिटी गठन गरिएको छ ।

सहकारी ऐन निर्माणको क्रममा रहेकाले ऐन सुझावका लागि कमिटी गठन भएको हो । प्रदेशको सहकारी ऐनलाई संयोजन गर्न बहुउद्देश्यीय केन्द्रीय संघको सञ्चालक सुरेन्द्रकुमार शाहको संयोजकमा प्रदेशस्तरीय समन्वय समिति गठन भएको हो ।

समितिमा प्रत्येक नौ जिल्लाका एक एक जना तथा कैलाली र कञ्चनपुरका गरी थप २ जना सहभागी छन् । उक्त समितिले केन्द्रीय संघसँग समन्वय गरी मस्यौदा बनाउने र उक्त मस्यौदा प्रदेश ७ लाई पेश गर्ने संघका सञ्चालक नरेन्द्र विष्टले जानकारी दिनुभयो । बहुउद्देश्यीय केन्द्रीय संघले आयोजना गरेको प्रदेशस्तरीय कार्यक्रममा बोल्दै प्रदेश प्रमुख मोहनराज मल्लले सहकारीका माध्यमबाट उत्पादन बढाएर जाने बताउनुभयो ।

कार्यक्रममा नेपाल बहुउद्देश्यीय केन्द्रीय संघका अध्यक्ष सुरेन्द्र भण्डारीले बुहउद्देश्यीय सहकारीको प्रवद्र्वन गर्न केन्द्रीय पदाधिकारीको टोली प्रदेश दौडाहमा निस्केकको जानकारी दिनुभयो । बहुउद्देश्यीय केन्द्रीय संंघले प्रदेशस्तरीय कार्यक्रमको आयोजना गर्दै आएको छ ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू