दुग्ध उद्योगमा सहकारीमन्त्रीको छापा

  • जेष्ठ २८, २०७५

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले आधुनिक डेरी प्रोडक्टको उत्पादन केन्द्रमा आज छापा मार्नुभएको छ ।

दूध उत्पादन कम्पनीका उत्पादनहरु गुणस्तरहीन रहेको खबर प्रकाशमा आइरहेका बेला मन्त्री खनालले आज बालाजु औद्योगिक क्षेत्रमा रहेको आधुनिक डेरी प्रोडक्टको उत्पादन केन्द्रमा अनुगमन गर्नुभएको हो । मन्त्रालयका अधिकारी, सञ्चारकर्मीको टोलीसहित सोमबार बिहान पुगेका मन्त्री खनालले अनुगमनपछि आधुनिक डेरी प्रोडक्टले सरसफाइमा ध्यान नदिएको, दूध बनाउन मिति उल्लेख नभएको पाउडर प्रयोग गरेको भेटिएको बताउनुभयो ।

त्यसैगरी दुग्ध पदार्थको उत्पादनमा असल उत्पादन प्रणाली प्रयोग गर्नुपर्ने भए पनि आधुनिक डेरी प्रोडक्टले त्यसो नगरेको पाइएको छ । दूध बनाउन प्रयोग हुने पाउडरमा स्पष्ट रुपमा मिति उल्लेख नभएको भेटिएपछि अनुगमन टोलीले पाउडर गोदाममा शिल गरिदिएको छ । टोलीले अहिले औद्योगिक क्षेत्रभित्रका अन्य उद्योगहरुमा अनुगमन गरिरहेको छ ।

मन्त्री खनालले पछिल्लो समय मन्त्रालयको क्षेत्राधिकारभित्र पर्ने तरकारी बजार, दुग्ध उत्पादन कम्पनीहरुको अनुगमनमा सक्रियता देखाएका छन् । यसअघि मन्त्री खनालले कालीमाटी तरकारी बजारको पनि अनुगमन गर्नुभएको थियो


सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू