सोलारबाट चल्ला कोरल्ने सहकारीको परीक्षण सफल (भिडियो सहित)

  • जेष्ठ २९, २०७५

महिला उद्यमी उपभोक्ता सहकारी संस्थाले सोलारबाट चल्ला कोरल्ने सफल परीक्षण गरेको छ ।

त्यस संस्थाका सचिव निर्मला श्रेष्ठका अनुसार दुई दिन परीक्षणपश्चात चल्ला कोरेलेको हो । चल्ला कोरल्नका लागि ३६ देखि ३८ डिग्री तापक्रम चाहिन्छ । भारतको केरलाबाट मेसिन ल्याएर सहकारीले सोलारबाटै चल्ला कोरल्ने योजनाका साथ परीक्षण गरेको हो । सचिव श्रेष्ठका अनुसार संस्थाले व्यवसायिकरुपमा सोलारबाट चल्ला कोरल्ने योजना बनाएको छ । बिगत २१ दिन अघि बनेपामा नेपालको लागि पहिलो पटक सोलर इन्क्विटरबाट लोकल चल्ला कोरल्ने अभियानको थालनी सफल भएको हो ।

सचिव श्रेष्ठले उक्त मेशिनबाट चल्ला कोरलिएकोमा खुसी व्यक्त गर्दै अब गाउँका दुर दराजमा रहेका गरिबीको मारले पिल्सिएका नेपालीहरूले स सानो लगानीबाट पोल्ट्रि जगतमा नया आयाम थपेको बताउनुभयो । लाइफ वे सोलार डिभाइस प्रा.लि. केरला ईन्डियाबाट नमूना परिक्षण का रूपमा शुरूआत सफल भएको हो । अब सहकारीका माध्यमबाट पछाडी पारिएका महिला तथा न्यून आय भएका बर्ग सम्म पुग्ने कोशे ढुङ्गा सावित हुने उहाँले विस्वास व्यक्त गर्नुभयो ।

साथै नेपालका ईन्जिनियर द्वारा बनाइएका सोलार सामाग्री प्रदर्शनी तथा तालिम समेत सोमबार बनेपाको शेरामा सम्पन्न भएको छ ।

भिडियो

Posted by Nirmala Shrestha on Sunday, June 10, 2018



सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू