कन्चनजंगा बहुउद्धेस्यीय सहकारीले मनायो १९ औँ बार्षिक उत्सव

  • जेष्ठ २९, २०७५

झापाको दमकमा रहेको कन्चनजंगा बहुउद्धेस्यीय सहकारी सस्थाले १९ औ बार्षिक उत्सवको अवसरमा मंगलवार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा ६० जनाले रक्तदान गरेको सस्थाका प्रबन्धक निलकण्ठ निरौलाले जानकारी दिनु भयो । सस्थाले बार्षिक उत्सवको अवसरमा जेष्ठ नागरिक सम्मान प्रतिष्ठानमा रहेको आफ्नो अक्षय कोषको रकममा समेत बृद्धि गरेको जनाएको छ ।

संस्थाले ५० हजार रकम थपगरि सो कोषमा आफनो २ लाख रुपैँया पुर्याएको प्रबन्धक निरौलाले जानकारी दिनुभयो । त्यसै गरि सस्थाले स्थापनाकाल देखी हाल सम्मसबै भन्दा बढि रक्तदान गर्ने दुई जना आफना शेयर सदस्यलाई समेत सम्मान गरेकोे जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू