सहकारीको पुँजी उत्पादनमा जानुपर्छ

  • जेष्ठ ३१, २०७५

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलले सहकारीको पुँजीलाई राष्ट्रिय प्राथमिकताको क्षेत्रहरुमा लगानी गराउनु पर्ने बताउनु भएको छ ।

परराष्ट्र मन्त्रालयमा आयोजीत संचारकर्मीसँगको भेटघाट कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले समृद्ध मुलुक निर्माणका लागि सहकारीको पूँजिलाई राष्ट्रिय प्राथमिकताको क्षेत्रहरुमा लगानी गराउनु पर्ने बताउनु भएको हो । सहकारीहरु अब उत्पादनमा जानुपर्ने र यसतर्फ सरकारको पनि ध्यान गएको पनि मन्त्री ज्ञवालीले व्यक्त गर्नुभयो ।

विकासका लागि विदेशी अनुदान र ऋणमा मात्र केन्द्रीत नभएर नेपालको पुँजी परिचालनमा समेत ध्यान दिइने उहाँले बताउनु भयो । ज्ञवालीले सहकारीका साथै एनजीओ तथा आइएनजीओहरुलाई देशको आवश्यकता क्षेत्रमा लगानी गर्न प्रेरित गर्नु पर्ने बताउनुभयो ।

देशमा रेल तथा जलमार्ग निर्माणका लागि गृहकार्य भइरहेको सन्दर्भमा रेलवेको उच्च अध्ययनका लागि छात्रबृत्तिको समेत व्यवस्था गर्ने तयारी गरिरहेको बताउदैँ सरकारलाई पुर्वाधार निर्माण, रोजगारी सिर्जना लगायतको क्षेत्रमा सहयोग चाहिएको पनि मन्त्री ज्ञवालीले व्यक्त गर्नुभयो ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू