सहकारी संस्था एकीकरण

  • असार २, २०७५

बर्दियामा रहेका तीनवटा बचत तथा ऋण सहकारी संस्था एकीकरण भएका छन् ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) मा आवद्ध रहेको बर्दिया जिल्ला भुरिगाउँ अवस्थित सिर्जना साकोस, लक्ष्मी साकोस र कोशेली साकोस शुक्रबार विधिबत रुपमा एकीकरण भएका हुन् ।

तीनवटा संस्था एकीकरणपश्चात ठाकुरबाबा नगरपालिकाबाट सिको बचत तथा ऋण सहकारी संस्थाको रुपमा प्रमणपत्र पाएका छन् । उक्त साकोस एकीकरण पश्चात कुल ५५०० सदस्य सहित १८ करोड पूँजी रहेको एकीकृत साकोसको नाम सिको बचत तथा ऋण सहकारी संस्था लि रहेको छ ।

उक्त साकोसका अध्यक्ष एवं यस केन्द्रीय संघका लेखा सुपरिवेक्षण समिति संयोजक दामोदर अधिकारीले साकोस एकीकरण आवश्यक रहेको बताउँदै एकीकरणले संस्थाको दीगो विकासमा सघाउ पुग्ने बताउनुभयो ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू