किसान साकोसले मनायो साहित्यिक साँझ

  • असार १०, २०७५

किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले साताव्यापी कार्यक्रम अन्तर्गत किसान साहित्यिक साँझ तथा संस्थाको तर्फबाट १० वटा डस्टविन वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाले २४ औँ स्थापना दिवसको अवसरमा शुक्रबार गैंडाकोटको धार्मिकस्थल मैलाकालीका मन्दिर परिसरमा संस्थाका श्रीहरि चालिसेको सभापतित्वमा किसान साहित्यिक साँझ तथा मौलाकालि मन्दिरलाई संस्थाको तर्फबाट १० वटा डस्टविन वितरण गरेको हो । कार्यक्रममा चितवन, धादिङ र नवलपरासीका साहित्यकारहरुले गजल तथा कविताहरु प्रस्तुत गरिएकोे थियो ।

नेपाल सरकार उद्योग मन्त्रालय औद्योगिक विकास प्रतिष्ठान बुटवलका अधिकृत तथा साहित्यकार श्री कल्पना अचार्य प्रमुख अतिथि रहनु भएको कार्यक्रममा गैंडाकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद आचार्य, नगरपालिका महिला विकास तथा सहकारी विभाग अधिकृत दिपा घिमिरे, संस्थाका सञ्चालक समिति, लेखा समिति, सल्लाहाकार, सेवा केन्द्र व्यावस्थापन उप–समित, विभिन्नि उप–समिति तथा कर्मचारीहरु लगाायतको उपस्थिति रहेको थियो ।

संस्थाका सचिव अनिल सापकोटाले  सहजिकरण गर्नु भएको कार्यक्रममा कार्यक्रमका संयोजक तथा कोषाध्यक्ष श्री कृष्ण प्रसाद ज्ञवालीले स्वागत मन्तव्य राख्नु भएको थियो ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू