झापामा सुपथ मूल्यको सहकारी पसल सञ्चालनमा

  • असार २०, २०७५

झापाको सदरमुकाम भद्रपुरमा सञ्चालित सहकारी संस्थाले कृषि उपज विक्री वितरण गर्ने उदेश्यले सुपथ मूल्यको सहकारी पसल चन्द्रगढी सञ्चालनमा ल्याएको छ ।

वैदेशिक रोजगारीमा युवाहरु पलायन भइरहेको अवस्थामा स्वदेशमानै केही गरौं भन्ने उद्देश्य राखेर भद्रपुर ७ स्थित पहिलो पाइला कृषि बहुद्देश्य सहकारी संस्थाले १० लाख रुपैया बराबरको लागतमा प्राङ्गारिक कृषि उपज तथा तरकारी पसल सञ्चालनमा ल्याएको हो । पहिलो पाइलाले झापामै पहिलो पटक यस्तो प्रकारको अग्र्या्निक पसल सञ्चालनमा ल्याएको बताइएको छ ।

प्रदेश संसद बसन्तकुमार बानियाँले सोमाबार एक कार्यक्रमका बीच सहकारी पसलको उद्घाटन गर्दै विषादी रहित खाद्यान्न उत्पादनमा पसलको भूमिका महत्वपूर्ण हुने धारणा राख्नुभएको थियो । संसद बानियाले कृषि उत्पादनमा राज्यले नीतिगत धारणा सहित लगानी गरिरहेको उल्लेख गर्दै प्राङ्गारिक उत्पादनमा प्रोत्साहको नीति रहेको प्रष्ट पार्नुभयो ।

संस्थाका अध्यक्ष सनीपकुमार भुजेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, प्राइम बैंक चन्द्रगढीका शाखा प्रमुख हेमन्त न्यौपाने, अर्जुधारा नगरपालिकाका कृषि प्रशार अधिकृत शालिकराम भट्टराई लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । उपभोग्य वस्तुमा विषादी प्रयोग भइरहेको अवस्थालाई मध्यनजर गरि अग्र्या्निक वस्तु उपभोगको लागि प्रयास शुरु गरिएको अध्यक्ष भुजेलले बताउनुभयो ।

नगरका दशवटा वडामा करेसाबारी अथवा छतमा तरकारी खेती गर्न प्रोत्साहित गर्ने र कृषिको लागि तालिम समेत प्रदान गरेर आत्मनिर्भर बनाउने योजना तत्कालै अघि सारिने उहाँले बताउनुभयो ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू