सहकारी डिप्लोमा अलमुनाई एशोसियशन गठन

  • असार २२, २०७५

९६ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा राष्ट्रिय सकारी महासंघले आयोजना गरेको सहकारी क्षेत्रको प्रवद्र्धनका लागि कोअपरेटिभ डिप्लोमा कोर्षमा सहभागीहरु बीचको एक दिवसीय अन्तकृया कार्यक्रम सम्पन्न भएको छ ।

महासंघका अध्यक्ष केशव प्रसाद बडालको अत्यक्षतामा भएको सो कार्यक्रमले राष्ट्रिय सहकारी बैंक लि.का सञ्चालक सरिता भट्टराईको संयोजकत्वमा ७ सदस्यीय कोअपरेटिभ डिप्लोमा अलमुनाई एशोसियशन गठन गरेको छ । सो समितिका अन्य सदस्यहरुमा राजेन्द्र पौडेल, गोविन्द्र घिमिरे, शुभ अधिकारी, खोम बगाले,लक्ष्मी शाक्य, कल्पना श्रेष्ठ रहनुभएको छ । भारतीय सहकारी संघ र राष्ट्रिय सकारी महासंघको सहकार्यमा सन् २००५ देखि जारी तीन महिने कोअपरेटिभ डिप्लोमा कोर्ष अध्ययन पूरा गरेका नेपाली सहकारीकर्मीहरुलाई संगठित गरेर मुलुकको सहकारी अभियानको गुणात्मक विकासमा योगदान दिने उद्देश्यले सो अन्तरकृया कार्यक्रम आयोजना गरिएको थियो । महासंघको सिफारिसमा हालसम्म सो कोर्ष पूरा गर्ने नेपाली सहकारीकर्मीहरुको संख्या ६३ जना पुगेका छन् ।

सो कार्यक्रमलाई संबोधन गर्दै अध्यक्ष बडालले राज्यले अवलम्बन गरेको दीगो विकास लक्ष्य हासिल गर्न सहकारीकर्मीहरु युद्धःतरमा लाग्नु पर्ने बताउनुभयो । साथै उहाँले सहकारीको शाख उच्चो राख्न गुणस्तरीय विकासका लागि कोअपरेटिभ डिप्लो कोर्ष पूरा गर्नु भएका सहकारीकर्मीहरु आ–आफ्नो कार्यक्षेत्रमा उदाहरणीय बनेर प्रस्तुत हुनु पर्ने बताउनुभयो । नेपालको सहकारी अभियानलाई अब आत्मनिर्भर व्यवसायिक अभियानमा रुपान्तरण गर्न कोअपरेटिभ डिप्लोमा कोर्ष पूरा गर्ने सहकारीकर्मीहरु अग्रसर हुुनुपर्ने कुरामा जोड दिंदै अध्यक्ष बडालले सहकारीको सिद्धान्त, दर्शन र नीतिलाई कार्यान्वयन गर्न सबैलाई प्रेरित गर्न सक्नु पर्ने बताउनुभयो ।

महासंघका वरिष्ठ उपाध्यक्ष मीनराज कंडेलले डिप्लोमा कोर्ष पूरा गर्न सफल सहकारीकर्मीहरु सहकारी क्षेत्रको विज्ञको रुपमा काम गर्न अग्रसर हुन आग्रह गर्दै नेपालको सहकारी अभियान अब उत्पादनमा केन्द्रित हुनु पर्ने र त्यस कार्यलाई सफल बनाउन संगठित भएर सो कोर्ष पूरा गर्नेहरु लाग्नु पर्ने बताउनुभयो । उहाँले सो अलमुनाइलाई महासंघले एउटा महत्वपूर्ण अंगका रुपमा लिने वातावरण बनाउने बताउनुभयो । महासंघका उपाध्यक्ष तथा अन्तर्रा्ष्ट्रिय सहकारी महासंघका ग्लोबल बोर्ड सदस्यहरु ओमदेवी मल्लले गुणस्तरी उत्पादनमा सहकारी जानुपर्ने विचार व्यक्त गर्नुभयो ।

उहाँले सहकारीको शिक्षाको क्षेत्रमा डिप्लोमा लिनेहरुले योगदान दिदै आएको र सो कोर्ष लिनेहरुले सहकारी क्षेत्रमा नै योगदान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले सन् २००५ मा पहिलो ब्याचमा सो कोर्ष पुरा गर्नुभएको थियो । सो कोर्ष लिएका मध्ये संविधानसभा सदस्य हुने उहाँ एक्लो हुनुहुन्छ । आइसीएको ग्लोबल सदःयमा निर्वा्चित मल्ल नेपालकै पहिलो सहकारीकर्मी हो ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू