ऋणले लालपुर्जा नै बन्धक हुँदा समस्यामा

  • असार २५, २०७५

म्याग्दीको मालिका गाउँपालिका–२ रुमका रन बहादुर हर्मेलको हिजोआज दिनमा भोक र रातमा निन्द्रा हराएको छ ।

दुर्गम गाउँ रुममा सडक सञ्जाल विस्तार गर्ने क्रममा उपभोक्ता समितिलाई वित्तीय संस्थाबाट ऋण लिने प्रयोजनका लागि आफ्नो लालपुर्जा दिएका हर्मेल चार वर्षसम्म पनि आफ्नो लालपुर्जा फिर्ता नभएपछि समस्यामा परेका हुन् ।

मालिका गाउँपालिकाको केन्द्र दरबाङदेखि अधिभारा हुँदै रुम गाउँसम्मको सडक सञ्जाल विस्तार गर्ने क्रममा उपभोक्ता समितिले सहकारीबाट ऋण लिन हर्मेलसहित चार जनाको लालपुर्जा बन्धक राखेको थियो । हर्मेल, चमु पुन, नन्दु पुन र भरत रोका गरी चारजनाको जग्गा धितोमा राखेर उपभोक्ता समितिले दरबाङ बचत तथा ऋण सहकारी संस्थाबाट रु १० लाख ऋण लिएर सडक विस्तार गरेका थिए ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू