नेफ्स्कुनको २० औँ फिल्ड कार्यालय जनकपुरमा

  • असार २७, २०७५

नेफ्स्कुनले सदस्यहरुमाझ सेवा विस्तार गर्ने उद्देश्य सहित २०औँ फिल्ड कार्यालय विस्तारको सम्पूर्ण तयारी पूरा गरेको छ ।

संघले जनकपुर स्थित रेलवे स्टेशन रोड, भानुचोकमा रहेको कार्यालय भवनबाट बिहिबारदेखि नयाँ फिल्ड कार्यालय विधिवत रुपमा उद्घाटन गरी सुचारु गर्न लागेको हो । कार्यक्रममा प्रदेश नंं २ का कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रीले समुद्घाटन गर्नुहुनेछ ।

संघले प्रदेश नं.२ को सहकारी अभियानको सशक्तिकरणका लागि र मुलुकको संघीय संरचना अनुरुप आफ्ना सेवाहरुलाई सदस्यहरुमाझ सहज र सदस्यमैत्री बनाउने लक्ष्यका साथ सेवा विस्तारको क्रमलाई निरन्तरता दिएको जनाएको छ । २० औं फिल्ड कार्यालयले जनकपुर लगायत आसपासका बचत तथा ऋण सहकारी संस्थाहरुलाई अन्तरलगानी सेवा मार्फत बचत तथा ऋणको सेवा, तालिम, शिक्षा तथा संस्थाहरुको दीगो विकासका लागि सम्पूर्ण सेवाहरु उपलब्ध गराउने लक्ष्य लिएको छ ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू