नेफ्स्कुनले पायो विश्व ऋण परिषद्को सदस्यता

  • साउन १, २०७५

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) ले विश्व ऋण परिषद्को (WOCCU) सदस्यता पाएको छ ।

नेफ्स्कुनका अध्यक्ष डिबी बस्नेतको नेतृत्वमा गएको नेफ्स्कुनको टोलीले विश्व परिषद्को सिंगापुरमा आयोजित साधारणसभाका अवसरमा सदस्यता प्राप्त गरेको हो । नेपालसहित चार देशले विश्व ऋण परिषद्को सदस्यता पाएका हुन् । नेफ्स्कुनले सदस्यका लागि आह्वान गरेको केही समयपछि विश्व ऋण परिषद्ले सदस्यता दिने निर्णय गरेको थियो ।

यसअघि नेफ्स्कुन एशियाली ऋण महासंघमार्फत विश्व ऋण परिषद्सँग अप्रत्यक्षरुपमा जोडिएको थियो । नेफ्स्कुनका वरिष्ठ उपाध्यक्ष परितोष पौड्यालले विश्व ऋण परिषद्सँग प्रत्यक्ष जोडिन पाएकोमा खुसी व्यक्त गर्दै अब संस्थागत सुशासनका पक्षमा काम गर्न सजिलो हुने बताउनुभयो । पौड्यालले विश्व ऋण परिषद्को सदस्यता प्राप्ति पछि विधि, प्रविधि आत्मासात गर्न सजिलो हुने पनि व्यक्त गर्नुभयो । नेफ्स्कुनले एशियाली ऋण महासंघ(अक्कु)को सहकार्यमा साकोसको एक्सेस ब्रान्डिङ गर्दै आएको छ ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू