सहकारीको लेखा व्यवस्थापन कम्प्यूटरबाट

  • साउन १, २०७५

साथी बचत तथा ऋण सहकारी संस्था धनकुटाले संचालन गरेको पाँच दिने कम्प्युटर प्रणाली लेखा व्यवस्थापन तालिम सोमबार सम्पन्न भएको छ ।

कम्प्यूटर प्रणालीबाट सहकारीहरुको लेखा व्यवस्थापन गर्ने उदेश्यले आयोजित तालिममा सहकारी संस्थाहरुका पदाधिकारी, व्यवस्थापक, ऋण अधिकृत तथा संकलकहरुको उपस्थिति रहेको थियो । सहकारीकोको लेखा व्यवस्थापनलाई छिटो छरितो र विश्वसनिय तथा प्रभावकारी बनाउन तालिम संचालन गरिएको हो ।

दिवस अधिकारीले प्रशिक्षण दिनु भएको तालिम कार्यक्रममा कम्प्युटरबाट सहकारीको चार खाता राख्ने तरिका, सहकारीको हिसाब व्यवस्थापन लगायत कम्प्युटरबाट हिसाब राख्ने सम्पूर्ण विषयहरुमा प्रशिक्षण दिइएको थियो । संस्थाका सचिव बिजयसन्तोषी राई, सदस्य सावित्रि श्रेष्ठ ,व्यवस्थापक मनोज डंगोल, ऋण अधिकृत दिपिका प्रधान लगायतले तालिम ज्यादै महत्वपूण र उपयोगी भएकोले यसलाई सहकारीले तत्काल व्यवहारमा उतार्ने बताउनु भयो ।

तालिम कार्यक्रम संस्थाका उपाध्यक्ष जयन्द्र प्रधानको संयोजकत्वमा सम्पन्न भएको थियो ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू