जीवन ज्योती सहकारीको अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • साउन २, २०७५

कैलालीको अत्तरिया स्थित जीवन ज्योती महिला विकास बहुउदेश्यीय सहकारी संस्थाले आयोजना गरेको एकदिने अन्तरक्रिया तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ ।

संस्थाले आयोजना गरेको सरोकारवाला पक्षसँग अन्तरक्रिया तथा सिलाई कटाई तालिमको प्रमाणपत्र वितरण कार्यक्रम मङ्गलबार सम्पन्न भएको हो । कार्यक्रममा संस्थाले आयोजना गरेको ३ महिने सिलाई कटाई तालिमका १५ सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा नगरप्रमुख हरिसिंह साउदले संस्थाले विपन्न र पिछडीएका क्षेत्रका महिलाहरुको जिवनस्तर सुधारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको प्रशसा व्यक्त गर्दै नगरपालिकाले सहकारीहरुको विकासका लागि पुर्ण सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा सहकारी संस्थाले विगतका दिनदेखि हालसम्म सञ्चालन गर्दै आएका काम कारबाहिका बारेमा संस्थाका व्यवस्थापक क्षेत्रा साँउदले प्रकाश पार्नुभयो ।

यस्तै कार्यक्रम मार्फत सहकारी संस्थाले घरपरिवारबाट बिछडिएका अनाथ, अशक्त बालबालिका तथा महिलाहरु रहेको अत्तरियाको महिला तथा बालबालिका सेभ हाउसलाई खाद्यान्न तथा शैक्षिक समाग्रीहरु वितरण गरेको छ । सेभ हाउसका प्रतिनिधि गिता मलासीलाई संस्थाका अध्यक्ष सुमित्रा सोपलेसामग्री हस्तातरण गर्नु भएको थियो ।

संस्थाकी अध्यक्ष समित्रा सोवको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथी गोदावरी नगरपालिकाका प्रमुख हरिसिंह साँउद र विशिष्ट अतिथी वडा नं २ अध्यक्ष कृष्णराज जोशी रहनु भएको थियो ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू