छुट्टा–छुटै तिन अन्तर्राष्ट्रिय कार्यक्रममा बैंकको सहभागीता रहने

  • साउन ५, २०७५

Penang Malaysia df ICA / ANGKASA Malaysian National ले आयोजना गरेको “International School Cooperative Seminar” नामक कार्यक्रममा बैंक संचालक द्वय ज्ञान बहादुर तामांग र सरिता भट्टराई तथा बैंकको शेयर सदस्य विकू बचत तथा ऋण सहकारी संस्थाको तर्फवाट प्रेम प्रसाद सापकोटाले सहभागिता जनाउनुहुने भएको छ ।

सो कार्यक्रम जुलाई २२ तारिख देखि जुलाई २६ तारिख सम्म संचालन हुनेछ । सहकारी माध्यमबाट कसरी युवा सशक्तीकरण गर्न सकिन्छ भन्ने उक्त कार्यक्रमको मुख्य उद्देश्य रहेको छ । त्यसै गरी, CICTAB को आयोजनामा जुलाई २३ तारिख देखि २३ तारिख सम्म “Cooperative Governance for BOD of Cooperative and Financing Institutions”  नामक अन्तर्राष्ट्रिय कार्यक्रम बैंक तर्कबाट बैंकका शेयर सदस्य चाइना ट्रेड बहुउद्देश्यीय सहकारी संस्था लि.का CEO राजेन्द्र कुमार श्रेष्ठले सहभागिता जनाउन लाग्नु भएको छ । सो कार्यक्रमको प्रमुख उद्देश्य सहकारी तथा वित्तीय संस्थाहरुमा सस्थागत सुशासन कायम राख्न संचालक समितिको कस्तो भूमिका रहन्छ भन्ने संग केन्द्रित रहने छ ।

त्यसै गरी, ACCU को आयोजनामा जुलाई २३ तारिख देखि २८ तारिख सम्म Bangkok sf] Thailand df “Supporter Membership Exposure Program” नामक अन्तराष्ट्रिय कार्यक्रम बैंकको तर्फबाट शेयर सस्दय जनसचेतन साकोसबाट मिन प्रशाद दाहाल, बिंदबासिनी साकोस बाट सन्त कुमार श्रेष्ठ र चाईना ट्रेड बहुउद्देश्यीय सहकारी संस्था लि.बाट तुल्सी श्रेष्ठ, रेशम कुमार श्रेष्ठ र दुर्गा बहादुर श्रेष्ठ ले सहभागिता जनाउन लाग्नु भएको छ ।

यी तिन छुट्टाछुटै ठाउँमा हुन लागेको अन्तर्राष्ट्रिय कार्यक्रममा बैंकको तर्फबाट सहभागीता जनाउन लाग्नु भएको सम्पूर्ण सहकारीकर्मीहरुलाई आज बैंकको कर्पोर्रेट कार्यालयमा एक कार्यक्रम आयोजना गरी बैंकका प्रबन्धक संचालक के.बि.उप्रेती, नायव महाप्रबन्धक बद्री कुमार गुरागाई सहित बैंकका उच्च व्यवस्थापनका कर्मचारीहरुले विदाई र शुभकामना व्यक्त गर्नु भएको थियो ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू