दुध नपोखौ, समस्या समाधान हुन्छ : प्रदेश कृषिमन्त्री लामा

  • साउन ६, २०७५

प्रदेश नम्बर ३ का कृषि, सहकारी तथा भुमि व्यवस्था मन्त्री दावा लामाले दुधको मुल्य घटेको विरोधमा दुध नपोख्न आग्रह गर्नुभएको छ ।

दुधको मुल्य घटाएको बिरोधमा चितवनका किसानहरुले शुक्रबार सडकमै दुध पोखेका थिए । चितवनमा आज एक कार्यक्रममा बोल्दै मन्त्री लामाले किसानलाई परेको पिडा र समस्याको बिषयमा आफुले जानकारी पाएको र उक्त बिषयमा केन्द्र सरकारमा पनि कुरा पुगेकोले दुध नपोख्न आग्रह गर्नुभयो ।

दुधको मुल्य घटाइएको बिषयमा मुख्यमन्त्री र संघका कृषि मन्त्रीसँग कुरा गरेको र यसको समाधान हुने मन्त्ती लामाले बताउनुभयो । उहाँले पाउडर दुधको उत्पादक सुरु नगरेसम्म यसको दृघकालिन समस्या समाधान नहुने भन्दै त्यसको समाधानको लागि पाउडर दुध उद्योग स्थापनाको गर्न २ करोड बजेट विनियोजन गरेको बताउनुभयो । उहाँले पशुपालन किसानलाई निराश नबनाई थप प्रोत्साहन हुने कार्यक्रम प्रदेश सरकारले ल्याउने दावी गर्नुभयो ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू