निलगिरि सहकारीको सामाजिक सुरक्षा राहत रकम प्रदान

  • साउन १९, २०७५

निलगिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङले सामाजिक सुरक्षा राहत रकम प्रदान गरेको छ ।

सहकारीले शेयर सदस्य टिका जिसीका ससुरा अम्मरबहादुर जिसीको निधन भएकोमा राहत प्रदान गरेको हो । संस्थाका पदाधिकारीहरुको टोलीले बानपा–२ माझकोट स्थित घरमै गएर राहत रकम हस्तान्तरण गरी शोक सभा समेत छ । संस्थाका अध्यक्ष नारायण पौडेलले स्वर्गिय जिसीका आफन्तलाई नगद पाँच हजार रुपैयाँ राहत प्रदान गर्नुभएको थियो । राहत रकम प्रदान गर्दै अध्यक्ष पौडेलले, जिसीको निधनले समाजमा अपुरणीय क्षती पुगेको बताउनुभयो ।

शेयर सदस्य तथा परिवारका सदस्यको निधन हुँदा सहयोग गरिने कोषबाट संस्थाले शेयर सदस्य टिका जिसीका ससुराको निधन प्रति शोक व्यक्त गर्दै परिवारलाई राहत रकम प्रदान गरेको हो । कार्यक्रममा संस्थाका उपाध्यक्ष डिल्लीप्रसाद गौतम,सचिव मिलन केसी, सदस्य प्रदिप पन्त, प्रबन्धक डिल्लीप्रसाद शर्मा, शेयर सदस्य हरिप्रसाद शर्मा र खगनाथ शर्माले धारणा राख्नुभएको थियो । शोक सभाको संचालन संस्थाका सचिव केसीले गर्नुभएको थियो ।



 

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू