दूध किसानलाई नगदको सट्टा दाना दिइने

  • साउन २०, २०७५

दूग्ध विकास संस्थान (डिडिसी) ले दूग्ध उत्पादक सहकारी संस्थालाई प्रतिलिट दूधमा दिदैं आएको बार्षिक ५ करोड ‘अतिरिक्त रकम’ कटौती गरेको छ ।

अब उप्रान्त दूधमा अतिरिक्त रकमको सट्टा दाना उपलब्ध गराउने भएको हो । यो रकम सबै सहकारीलाई नभई गुणस्तरीय शुद्ध दूध उपलब्ध गराउने सहकारीलाई मात्रै दिइने छ । यो निर्णय आउनु अघि डीडीसीले ६ जिल्लाका दैनिक कम्तिमा ५ हजार लिटर दूध डीडीसीलाई उपलबध गराउने दूग्ध उत्पादन गर्ने सहकारीलाई मात्रै प्रतिलिटर ३ रुपैयाँ अतिरिक्त रकम दिदैं आएको छ ।

अब भने संस्थानले यो अतिरिक्त रकमको सट्टा दाना दिने निर्णय गरिएको हो । यसबाहेक सहकारी सञ्चालनका लागि उपलब्ध गराइदै आएको प्रतिलिटर ३ रुपैयाँ भने कटौती गरेको छैन । टीएस (टोटल सेलिङ) शीर्षकमा दिइदैं आएको रकम भने देशभरका सबै सहकारीहरुले लिदैं आएका छन् ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू