नयाँ व्यवस्थापनका साथ धरणीधर सहकारी

  • साउन २३, २०७५

नयाँ व्यवस्थापनका साथ धरणीधर बहुमुखी सहकारी संस्था सञ्चालनमा आएको छ ।
२०५३ सालमा स्थापित सहकारी संस्था सोमबारबाट नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको हो । विराटनगर मेनरोड जलजला चोकबाट बचत तथा ऋणको कारोबार गर्ने उदेश्य सहित नयाँ व्यवस्थापनले सोमवारदेखि औपचारिक रुपमा कारोवार सुरु गरेको हो ।

सहकारीले बचत तथा ऋणमा नयाँ योजना सहित कार्य सुभारम्भ गरेको सहकारीका म्यानेजर लोचन राईले जानकारी दिजुभयो । सहकारीले रेमिट्यान्स एटिएम, इ बैंकिङ, इसेवा सहित बतच तथा ऋणको पनि बिमा गर्ने योजना ल्याएको राईले बताउनुभयो ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू