सिताराम कृषि सहकारी संस्थाको अध्यक्षमा डिल्लीराम शर्मा

  • साउन २८, २०७५
सिताराम कृषि सहकारी संस्था लिमिटेडको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ ।
 
कुश्मामा भएको अधिवेशनले डिल्लीराम शर्माको अध्यक्षतामा १३ सदस्यिय कार्य समिति गठन गरेको छ । समितिको उपाध्याक्षमा ख्यामवहादुर क्षेत्री, सचिवमा सुभाष पन्त, कोषाध्याक्षमा धुव्रप्रसाद सुवेदी, सहसचिवमा चक्रपाणी शर्मा, सदस्यहरुमा दामोदर क्षेत्री, इश्वर गिरी, धनन्जय पौडेल, प्रकाश सुवेदी, सोमनाथ उपाध्याय, कृष्णप्रसाद भुषाल, भोजकुमार श्रेष्ठ ‘विकास’ र महिला सदस्य अनिता सापकोटा चापगाई रहनु भएको छ ।
 
सहकारीको लेखा संयोजकमा केशवप्रसादा पङ्गाली र सदस्यहरुमा उमाकान्त तिवारी, चित्रबहादुर अधिकारी रहनु भएको नवनिर्वाचित अध्यक्ष डिल्लीराम शर्माले जानकारी दिनुभयो ।
 
 
 

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू