वागेश्वरी सहकारी संस्थाको अध्यक्षमा रुद्रबहादुर श्रेष्ठ

  • भदौ ४, २०७५

रामेछापको खाँडादेव १ राकाथुम स्थित वागेश्वरी साना किसान कृषि सहकारी संस्थाको अध्यक्षमा रुद्रबहादुर श्रेष्ठ चयन हुनु भएको छ ।

शनिबार सम्पन्न संस्थाको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो । त्यस्तै सदस्यहरुमा टेकबहादुर श्रेष्ठ, बिना श्रेष्ठ, पुनमाया श्रेष्ठ, चेतबहादुर श्रेष्ठ र बद्रीकुमार श्रेष्ठ चयन भएका हुन् ।

त्यस्तै साभारणसभाले विनोदकुमार श्रेष्ठको संयोजकत्वमा दुई सदस्यीयता लेखा समिति चयन गरेको छ । लेखा समितिको सदस्यहरुमा रामकुमार श्रेष्ठ र रमेश श्रेष्ठ चयन भएका छन् ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू