भक्तपुर स्थित लक्ष्य सहकारी नयाँ भवनमा

  • भदौ ८, २०७५

भक्तपुरको लक्ष्य बचत तथा ऋण सहकारी संस्था नयाँ भवनमा सरेको छ ।

भक्तपुुर १ दूधपाटीस्थित सहकारी सातौँ वार्षिकोत्सवका अवसरमा व्यवस्थित कार्यालय सञ्चालन सहित नयाँ भवनमा सरेको हो । संस्थाको नयाँ भवनमा अध्यक्ष, सीईओ, ऋण अधिकृतको कार्यकक्षसँगै ऋण प्रवाह गर्ने, रकम बचत गर्ने तथा बचतकर्तालाई रकम वितरण गर्न छुुट्टाछुट्टै स्थान रहेको छ ।

लायन्स क्लब अफ इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ ए २ का गभर्नर सुुदर्शनधर प्रधानांगले कार्यालयको उद्घाटन गर्नु भएको थियो । कार्यक्रमका अवसरमा गभर्नर प्रधानांगले लायन्स क्लबमा आवद्धहरूले सञ्चालन गरेको सहकारीबाट कोही नठगिने विश्वास व्यक्त गर्नुभयो । संस्थाका अध्यक्ष एवम् लायन्स क्लबका रिजनल चेयरपर्सन रविनारायण कायस्थले संस्थाले सरल ब्याजमा बढीभन्दा बढी कर्जा प्रवाह गर्दै आएको जानकारी दिनुभयो ।

चार सय ५० जना सेयर सदस्य रहेको संस्थामा आर्थिक वर्ष २०७४/७५ मा कुल चार करोड २० लाख ८१ हजार ६ सय ५६ रुपैयाँ बचत गरेको छ । । त्यस्तै संस्थाको चार करोड ६४ लाख ५७ हजार एक सय ४४ रुपैयाँ ऋण लगानी छ ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू