नवौँ भि–कोअपरेटिभ समिट अर्जेन्टिनामा

  • भदौ २८, २०७५

अर्जेन्टिनाको ब्युनोस एअर्स सहरमा ३ दिने भि–कोअपरेटिभ समिट अफ अमेरिका आयोजना हुने भएको छ ।

कोअपरेटिभ अफ अमेरिका, कोअपरेटिभ कन्फिडिरेटन अफ दि अर्जेन्टिना रिपब्लिक (Cooperar) र सदस्य संस्था इन्टरनेशनल कोअपरेटिभ एलाइन्स इन अर्जेन्टिानाको समन्वयमा गोष्ठी आयोजना हुन लागेको हो । संस्थाले सन् २००९ सालदेखि क्षेत्रिय गोष्ठी आयोजना गर्दै आएको छ ।

अन्तिम विवरणसम्म झल्कने गरी सम्झौतामा पुग्ने तथा सहकारी संस्थाहरु र त्यसका समुदायहरुलाई प्रभाव पार्ने परिवर्तनलाई प्रवद्धन गर्ने उद्देश्य सहित विगत नौ वर्ष अघिदेखि क्षेत्रिय गोष्ठी आयोजना हुने गरेको छ । यस नयाँ संस्करणले क्षेत्रिय सहकारी आन्दोलनको प्रयासलाई वास्तविकता, बहस प्रस्तावहरु विश्लेषण गर्ने र अन्तर्राष्ट्रिय समुदायको भागको रुपमा सहकारीहरुको विकासमा आधारित संयुक्त पहलहरु पभिाषित गर्ने जनाइएको छ ।

“विश्व चुनौतिका समयमा सहकारी” नाराका साथ आयोजना हुन गइरहेको गोष्ठी अक्टोबर २३ देखि २६ तारिखसम्म सञ्चालन हुनेछ ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू